Logo
७ श्रावण २०८३, बिहीबार
|  Fri Jul 24 2026

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ लाख ८२ हजार


साताको दास्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य तोलामा २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ६२५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार