Logo
२० आश्विन २०८३, मंगलवार
|  Wed Oct 7 2026

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा


प्रभु बैंक लिमिटेडको ७ लाख २७ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ७ लाख २७ हजार ५४३ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार