
सरकारले १६ वर्ष उमेर पार गरेका विद्यार्थीलाई एक थान सिम कार्ड सित्तैमा दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
साथै विद्यार्थीलाई ल्यापटप किन्नका लागि १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैंयाँ दिने बताइएको छ । त्यस्तो रकम दुई वर्षभित्र फिर्ता गर्नुपर्ने उल्लेख छ ।