Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

शेरबहादुर देउवासँग निरन्तर संवादमा छुः गगन थापा


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् ।

धनुषा–४ मा कांग्रेसका उम्मेदवार महेन्द्र यादवको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नेताहरूबीच मतभेद नभएको भन्दै पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको बताएका हुन् ।

‘भर्खरै कांग्रेसको अधिवेशन गरेर नयाँ नेतृत्व आएका छौँ । पार्टीभित्र कसैमाथि दोष र रिसराग छैन । म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरु नेताहरूसँग पनि संवादमा छु, ‘ उनले भने, ‘हामीबीच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’

उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको उल्लेख गर्दै अहिले कांग्रेस बदलियर आएको पनि बताए ।

‘फागुन २१ को निर्वाचन योजनावद्ध होइन अकस्मात हो । फागुन २३ र २४ को घटना पनि अकस्मात हो । देश चलाउने पद्दति परिवर्तन गर्नुपर्छ भनेर उक्त आन्दोलन भएको थियो,’ उनले भने, ‘यसपछि अरु पार्टी बदलिए बलिएनन् थाहा भएन हामी बदलिएर, सोँच बदलेर आएका छौँ ।’

आजको दिनमा नयाँ भनेको माघमा अधिवेशन गरेर आएको नेपाली कांग्रेस हो ।


प्रतिक्रिया दिनुहोस !
विचार