Logo
२६ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 9 2026

सुनको मूल्य ह्वात्तै बढ्यो


सुनको मूल्य बुधबार पनि ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला १४ हजार ४ सय रुपैयाँ मूल्य बढेको हो । यसअघि दुई दिन लगातार मूल्य घटेको थियो ।

गत बिहीबार हालसम्मकै उच्च मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको सुन गत सोमबारसम्म ५२ हजारले घटेर २ लाख ८६ हजारसम्म पुगेको थियो । त्यसपछि फेरि दुई दिन मूल्यमा वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निकै अस्थिर देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार