Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले यस सम्बन्धमा आदेश दिएको हो ।

धिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका थिए । अधिवक्ता राउतले सर्वोच्चको अन्तरिम आदेशले सकारात्मक सन्देश प्रवाह गरेको र नेपाली भाषाको जीत भएको प्रतिक्रिया दिएका छन् । आदेशको प्रभावसँगै देवनागरी लिपीलाई विस्थापित गरी अंग्रेजी मात्र प्रयोग गर्ने योजना तत्काल कार्यान्वयनमा आउन नपाउने भएको छ ।

यसअघि, २०७९ चैत २२ मा सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषा पनि प्रयोग गर्न सकिने गरी कानुनमा संशोधन गर्ने निर्णय गरेको थियो । तत्कालीन मन्त्रिपरिषद्को बैठकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२ संसोधन गरी इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीसँगै नेपाली भाषाको प्रयोग गर्न सकिने नीति लागू गर्ने निर्णय लिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार