नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनमा प्रतितोला ४ हजार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसअघि आइतबार ९ हजार ५०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ थियो ।
यस्तै, सोमबार चाँदी तोलामा २४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो


