Logo
६ श्रावण २०८३, बुधबार
|  Wed Jul 22 2026

४४ जिल्लाको प्रतिनिधिसभा चुनावका लागि मतपत्र छपाइ सम्पन्न


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइको काम भइरहेको हो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कूल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। डोल्पा, मुगु, जुम्ला, कैलाली, कञ्चनपुर, झापा, मोरङ, गोरखा, बागलुङ, बर्दिया लगायत ४४ जिल्लाको मतपत्र छपाइ पूरा भइसकेको आयोगले जनाएको छ।

छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङको काम पनि सम्पन्न भइसकेको छ। सोमबारसम्म १० हजार ७ सय ५९ बाकस मतपत्र प्याकिङ भइसकेको आयोगले जानकारी दिएको छ। प्रत्यक्षतर्फ कूल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य आयोगको रहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार