Logo
२२ आश्विन २०८३, बिहीबार
|  Thu Oct 8 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


आज नेपाली बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ९०० रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल चार हजार ८८५ निर्धारण भएको छ ।
हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० र एक तोला चाँदीको मोल चार हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।
साताको पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार