Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

आन्दोलित न्यायाधीशहरु इजलासमा फर्किए


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलित न्यायाधीशहरु इजलासमा फर्किएका छन्। प्रधान्यायाधीश जबराले सोमबार १० न्यायाधीशका लागि ६ वटा इजलास तोकेका छन्। सबै इजलासमा बन्दीप्रत्यक्षीरणसम्बन्धित मुद्दाको पेशी राखेको छ।यो समाचार तयार पार्दासम्म दुईवटा इजलासमा मुद्दाको सुनुवाइ भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा मुद्दाको सुनुवाइ भएको हो। उनको इजलासले नवल किशोर शाहको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। सो मुद्दामा रुकुम पूर्वको जिल्ला अदालत विपक्षी बनाइएको छ।

यस्तै न्यायाधीश प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासबाट मुद्दाको सुनुवाइ भइरहेको छ। सो मुद्दामा खिमबहादुर थापा मगर पक्ष र म्याग्दी जिल्ला अदालतसहित ६ जना विपक्ष छन्। सोमबार बिहान बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्ने नहेर्ने निर्क्योल गर्न प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका थिए।

तिहारअघि न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणका मुद्दाहरु हेर्दै आएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार आफूलाई पनि इजलास तोकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार