Logo
१० असार २०८३, बुधबार
|  Thu Jun 25 2026

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले रहेका शाहले मध्यपूर्व एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बालेनले त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन ।

शाहले सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूले जारी गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न र अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न सुझाव दिएका छन् ।

शाहले आफ्नो सन्देशमा नजिकैको सुरक्षित आश्रय स्थलको जानकारी राख्न तथा आवश्यक पर्दा तुरुन्तै राजदूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरेका छन् ।

“आधिकारिक सूचना, समाचार तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्। सुरक्षित रहनुहोस्, सजग रहनुहोस्,” शाहले भनेका छन् ।

मध्यपूर्वका केही क्षेत्रमा विकसित भइरहेका तनावपूर्ण अवस्थाका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाप्रति चासो बढिरहेका बेला शाहको यो अपिल सार्वजनिक भएको हो। नेपाल सरकार तथा कूटनीतिक नियोगहरूले समेत आवश्यक परे सहयोग र समन्वय गर्न तत्पर रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार