Logo
२९ चैत्र २०८२, सोमबार
|  Mon Apr 13 2026

श्रम संस्कृति पार्टीले कटायो समानुपातिकमा ३ लाख मत


निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ हालसम्म ८५ लाख ९३ हजार ४४० मतगणना भएको छ । जसमध्ये लगभग ५० प्रतिशत अर्थात् ४१ लाख ५१ हजार २५७ मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ ।

यसैगरी नेपाली कांग्रेसले १३ लाख ८९ हजार ९६६ मत पाउँदै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमालेले हालसम्म समानुपातिकतर्फ ११ लाख ७३ हजार ५६१ मतसहित तेस्रो स्थानमा रहेको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६ लाख ९ हजार २०८ मत पाएको छ ।

यता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि समानुपातिकतर्फ तीन लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार ८५ लाख मतगणना हुँदा साम्पाङ नेतृत्वको दलले ३ लाख १ हजार १२९ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ लाख ८२ हजार ५५ मत पाएको छ ।

यसैगरी जनता समाजवादी पार्टी, नेपालले १ लाख ३२ हजार १७५ मत पाएको छ भने, मुरली चिह्न रहेको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख २५ हजार ७२० मत पाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार