Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

 ३९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार २६ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ३ सय ९० जना संक्रमित भेटिएका हुन्।

आज ५ जना संक्रमितको मृत्यु भएको छ। यस्तै आज ४ सय २५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

हाल देशभर ७ हजार ६ सय ५४ जना सक्रिय संक्रमित छन्। अहिले नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ।


प्रतिक्रिया दिनुहोस !
विचार