Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

नाइजरको एक विद्यालयमा आगलागी, २५ बालबालिकाको मृत्यु


नाइजरमा एउटा विद्यालयमा भएको आगलागीमा परी कम्तीमा २५ जना बालबालिकाको मृत्यु भएको छ । विद्यार्थी पढिरहेको बेलामा आगलागी हुँदा त्यस्तो हताहती भएको हो । आगलागीबाट ज्यान गुमाउने बालबालीकाको उमेर मात्र ५ र ६ वर्ष छ ।

मरादी शहरको एउटा विद्यालयमा अचानक आगलागी हुँदा दर्जनौ विद्यार्थी घाइते भएका छन् । घाइते मध्ये केहि बच्चाको अवस्था नाजुक छ । नाइजेरियमा काठका कोठामा अत्याधिक विद्यार्थी राखेर पढाउने ठूलो समस्या छ ।

आगलागीबाट ३ वटा कक्षा कोठा पुर्ण क्षति भएका छन् । आगलागीको कारण अहिले सम्म अझात छ तर त्यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार