Logo
२१ बैशाख २०८३, मंगलवार
|  Tue May 5 2026

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश


राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनस् राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए ।

सोही अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले जस्ताकोतस्तै जारी गर्न पुनस् सिफारिस गरेको थियो ।

राष्ट्रपतिले आज भने सो अध्यादेश जारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार