Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रधानसेनापति शर्मा ९ सदस्यीय टोलीसहित भारत प्रस्थान


प्रधानसेनापति प्रभुराम शर्मा आज भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा दिल्ली गएका शर्मा २६ कात्तिकसम्म उतै रहनेछन् । भ्रमण दलमा प्रधानसेनापति शर्माकी श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय टोली छ । टोलीलाई नेपाली सेनाको मध्य एयर बेस गौचरमा बलाधिकृत रधी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए।

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम तय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक(अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्चपदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार