Logo
३१ बैशाख २०८३, शुक्रबार
|  Fri May 15 2026

दिल्लीमा हप्तामा २ दिन ‘घरबाट सेवा’,एकदिन सवारी साधनविहीन घोषणा


नयाँदिल्ली । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकुलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिएकी छन् ।

निजी कम्पनीलाई पनि त्यसो गर्न आग्रह गरिने निर्णयमा उल्लेख गरिएको छ । निर्णयअनुसार सरकारले अब सार्वजनिक कार्यालयका ५० प्रतिशत बैठक अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।

सरकारले धेरै कामदार रहेका कम्पनीहरूलाई पनि उनीहरूको अनुकुलतामा हप्तामा दुई दिन घरबाट नै काम गर्ने वातावरण मिलाउनका आग्रह गरेको छ । इन्धन बचत तथा आर्थिक मितव्ययीताका लागि सरकारका मन्त्री, विधायकलाई अनावश्यक विदेश भ्रमण स्थगित गर्न भनिएको छ । दिल्ली सरकारले तीन महिनासम्म ठूला सार्वजनिक कार्यक्रम नगर्ने भएको छ ।

मुख्यमन्त्री रेखा गुप्ताले ऊर्जा संरक्षण र स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि मल र बजारमा ‘मेड इन इन्डिया’ उत्पादनका लागि प्राथमिकता दिन भनेकी छन् ।

मुख्यमन्त्रीले विद्युतीय सवारी नीति तयार भएको र छिट्टै कार्यान्वयन हुने बताइन् । सरकारी कार्यालयहरूमा एयर कन्डिसनर स्थायी रूपमा २४–२६ डिग्रीमा सेट गरिनेछ। पावर कन्ट्रोलका लागि सेन्सर जडान गरिनेछ ।

यो अभियान मे १५ देखि सुरु हुनेछ । यद्यपि, अत्यावश्यक सेवालाई यसबाट बाहिर राखिएको छ । मुख्यमन्त्री स्वयंले आफ्नो कार्यालयको सवारी साधनको सङ्ख्या १३ बाट घटाएर चारमा झार्नुभएको छ। दिल्लीले हप्तामा एक दिन सवारी साधनविहीन दिनको पनि घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार