Logo
३ जेष्ठ २०८३, आईतवार
|  Sun May 17 2026

‘फ्रि भिसा फ्रि टिकट’ नीतिविपरीत ३ लाख असुल्ने म्यानपावर एजेन्ट पक्राउ


मलेसिया जान लागेका सप्तरीका अजय यादवसँग ‘फ्रि भिसा फ्रि टिकट’ नीतिविपरीत ३ लाख रुपैयाँ माग्ने म्यानपावर एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार वैदेशिक रोजगारका नाममा पीडितसँग अनधिकृत रूपमा रकम असुलिएको उजुरीका आधारमा गरिएको अनुसन्धानका क्रममा एजेन्टलाई नियन्त्रणमा लिइएको हो । काठमाडौंको कोटेश्वरस्थित ग्राण्ड स्विट जब नाम गरेको म्यानपावरका एक कर्मचारीलाई शनिबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयकै सक्रियतामा प्रहरी सहितको टोलीले ‘स्टिङ अपरेसन’ चलाएर पक्राउ गरेको हो।

मन्त्री यादवका स्वकीय उपससचिव सरोज यादवका अनुसार सरकारको ‘फ्रि भिसा फ्रि टिकट’को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा अजयकुमारले ७० हजार रूपैयाँ पहिल्यै तिरिसकेको थिए।

तर म्यानपावरले उनीसँग ३ लाख लागत लाग्ने भए पनि १० हजार छुट गरिदिएको भनेर बाँकी पैसा मागेको थियो। अजयकुमार को फ्लाइट गत वैशाख २९ गते हुने तय थियो।

पक्राउपछि गरिएको खानतलासीमा अजय यादवसँग सम्बन्धित पासपोर्ट, श्रम स्वीकृति तथा हवाई टिकट समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद कागजातसहित आवश्यक प्रक्रिया पूरा भएसँगै पीडित यादवको मलेसिया उड्ने प्रक्रिया अघि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार