काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईको अभिव्यक्तिप्रति रास्वपाकी सांसद आशिका तामाङले आपत्ति जनाएकी छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले बाँदरले दु:ख दिएको भन्दै मार्न पाउनुपर्ने बताएका थिए ।
“बाँदर, बँदेललले जनतालाई दुःख दिइरहेको छ । यसलाई रोक्ने नीति कार्यक्रम कस्तो बनाउँदै छौँ,” राईले भने, “आज बाँदरलाई सलामी देऊ नभए मलामी देउ भनेर जनताले भनिरहेका छन् ।”
त्यसपछि आशिकाले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन् । “यो आपत्तिजनक हो । फिर्ता होइन । पूरै काटेर फालिनुपर्छ,” उनले भन्नि, “सलामी दिने भन्नुभयो, आपत्तिजनक छ ।” सभामुखले आशिकालाई बस्न भने र सदनको कारबाही अघि बढाए ।




