Logo
९ जेष्ठ २०८३, शनिबार
|  Sun May 24 2026

‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक’ राष्ट्रियसभाबाट पारित


काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको बैठकबाट ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सर्वसम्मतिले पारित भएको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्राप्त उक्त विधेयक सभाको बहुमतले पारित गरेको हो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्तुत गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । विधेयकमाथिको छलफलमा सांसद गीता देवकोटा, सुरे कुमार आले मगर, रुक्मिणि कोइराला र विष्णु कमारी सापकोटाले भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार