Logo
११ जेष्ठ २०८३, सोमबार
|  Mon May 25 2026

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश


काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

फक्राउ रोक्न देउवाले वारेशमार्फत दायर गरेको रिटमा सुनुवाइपछि अदालतले यस्तो आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएपछि क्षेत्राधिकारको प्रश्न उठाउँदै देउवा सर्वोच्च पुगेका थिए ।

जिल्ला अदालतलाई पक्राउका लागि अनुमति दिने क्षेत्राधिकार नभएको दाबी रिटमा गरिएको छ । निर्वाचनअघि उपचारका लागि सिंगापुर गएका देउवा दम्पती अझै स्वेदश फर्किएका छैनन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार