Logo
२१ भाद्र २०८३, आईतवार
|  Mon Sep 7 2026

निर्माणाधीन संसद भवनको अवलोकन गर्दै अर्थमन्त्री वाग्ले र सभामुख अर्याल


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डिपि अर्यालले निर्माणाधीन संघीय संसद भवनको स्थलगत अवलोकन गरेका छन् ।

आगामी जेठ १५ गते प्रस्तुत हुने आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण नयाँ भवनबाटै घोषणा हुने भएकाले अर्थमन्त्री
वाग्ले र सभामुख अर्याल निर्माणाधिन संसद भवन अवलोकन गर्न पुगेका हुन् ।

उनीहरूले निर्माण कार्यको प्रगति, संरचनाको अवस्था तथा आवश्यक पूर्वाधारका विषयमा जानकारी लिँदै कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। अवलोकनका क्रममा भवन समयमै सम्पन्न गर्ने विषयमा विशेष जोड दिइएको जनाइएको छ।

अहिले प्रतिनिधिसभा बैठक कक्षमा कुर्सी जडान, वायरिङ, डेकोरेसन, साउन्ड सिस्टम परीक्षण तथा सेटअपको काम भइरहेको छ । संसद् सचिवालयका अनुसार यसपटक बैठक कक्षमा उच्च गुणस्तरका कुर्सी तथा आधुनिक साउन्ड सिस्टम प्रयोग गरिएको छ भने बाँकी काम पनि तीव्र गतिमा अघि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार