Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

प्रधानमन्त्रीको अभिव्यक्ति भारत रिझाउन केन्द्रित रहेको श्रम संस्कृति पार्टीको आरोप


काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको आरोप लगाएका छन् ।

पूर्व तालिकाबिना बोलाइएको सदनको बैठकमा प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति पार्टीले आपत्ति जनाउँदै विरोध गरेको हो । अध्यक्ष साम्पाङले जारी गरेको विज्ञप्तिमा रास्वपा सभापति रवि लामिछाने भारत जानुअघि भारतलाई रिझाउन प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

‘प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सामसुम पार्ने तथा नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ ।’

पार्टीले नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरीब जनताका बस्ती ९सुकुमबासी बस्ती०मा हमला गर्नमै सीमित राख्दै आएको सरकारले सिमानामा सेनालाई चियाउन समेत नपठाउनु तर उल्टै नेपालले भारतको सीमा धेरै ठाउँहरुमा मिचेको भन्नुले सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रधानमन्त्री र सरकार प्रतिबद्ध नरहेको आरोप लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार