Logo
१९ जेष्ठ २०८३, मंगलवार
|  Tue Jun 2 2026

प्रधानमन्त्रीले संसद्मा नजानेर बोलेको भनेर माफी माग्न गगन थापाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन साहले संसदमा राखेको विषय आपत्तिजनक रहेको बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा लुम्बिनी प्रदशेमा आयोजित कार्यक्रममा सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादका विषयमा नेपालको अडानलाई कमजोर बनाएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीजीले नबुझिकन बोलेको भए त्यो झनै चिन्ताजनक भएको बताए । सभापति थापाले प्रधानमन्त्रीलाई संसद्मा गएर उभिन र नजानेर बोलेको भनेर माफी माग्न आग्रह गरे ।

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको दाबी गर्दै उनले यसलाई ‘राष्ट्रिय लज्जाको विषय’ भएको बताए । सभापति थापाले प्रतिनिधिसभामा सत्तापक्षले बहुमतको बलमा प्रतिनिधिसभा नियमावली पारित गरेको घटनालाई संसद्को इतिहासमा ‘कालो दिन’ को रूपमा दर्ज भएको बताए ।

उनले नियमावलीमा सभामुखलाई संसद् भवनभित्र प्रवेश गर्ने व्यक्तिको अधिकारसम्बन्धी अन्तिम व्याख्याता बनाइएको प्रावधान संविधानको मर्मविपरीत रहेको बताए । सभापति थापाले कार्यपालिका वा व्यवस्थापिकाले संविधान र कानुनले तोकेको सीमा नाघेमा न्यायपालिकाले हस्तक्षेप गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार