Logo
१२ असार २०८३, शुक्रबार
|  Sat Jun 27 2026

‘प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ’:सरकारका प्रवक्ता


काठमाडौं । सीमा विवाद लगायतका प्रश्नमा प्रधानमन्त्री बालेन शाह पुन: सदनमा जवाफ दिन तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनको विषय नै सत्य भएको बताउँदै उनले आवश्यक परे फेरि उत्तर दिने बताएका हुन् ।

आजको मन्त्रिपरिषद बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहन्छ । उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो । आवश्यकता पर्दाखेरि उहाँ फेरि सदनमा आएर उत्तर दिनुहुन्छ ।’

१७ जेठको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने कुरा प्रधानमन्त्रीले बोलेको र त्यो नै सत्य भएको प्रवक्ता पोखरेलले बताए ।

यो विषय दुई देशबीचको सीमा विवाद मिलाउने कूटनीतिक प्रयासको क्रममा गठित संयन्त्रबाट आएको र त्यो सुन्दा प्रधानमन्त्रीले आफू अचम्ममा परेको बताएको उनको भनाइ छ । सरकारका प्रवक्ता पोखरेलले सीमा विवाद दुई देशबीचको कूटनीतिक संवाद र स्थापित संयन्त्रमार्फत समाधान गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार