काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरूको सम्पत्ति विवरण छानबिन गर्न थालेकोमा आपत्ति जनाएका छन् ।
बुधबार काठमाडाैंमा आयोजित पार्टीको कार्यक्रममा उनले भएको घर खरानी पारेर सरकारले फेरि पनि सम्पत्ति विवरण खोजिरहेको भन्दै आक्राेश पोखे ।
उनले भने, ‘उनीहरूले मेरो पनि सम्पत्ति विवरण मागेका छन् । मेरो घर भदौ २४ गते आगो लगाइयो। मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार!’
उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति असहमति जनाएका छन् । उनले राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप लगाए ।





