Logo
१२ श्रावण २०८३, मंगलवार
|  Tue Jul 28 2026

बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई हाजिर हुन ३ दिनको अल्टिमेटम


काठमाडौँ । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख अद्यावधिक नभएका कर्मचारीहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउन निर्देशन दिएको छ ।

शुक्रबार सूचना जारी गरी मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख अद्यावधिक नभएका कर्मचारीहरूले तीन दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्ने तथा बिदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका माथि कारबाही प्रक्रिया अगाडि बढाइने बताएको हो ।

मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नभएको सम्बन्धमा जानकारी तथा गुनासा प्राप्त भएपछि सूचना जारी गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार