Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

केपी ओलीको कब्जामा रहेको एमालेको आउँदो चुनावमा पत्तासाफ गर्छौं: नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कब्जामा रहेको नेकपा एमालेको भविष्य नभएको बताएका छन्। बुधबार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पाँच पार्टीको गठबन्धनले आउने चुनावमा ओलीको कब्जामा रहेको एमालेको पत्तासाफ पार्ने दाबी गरेका हुन्।

‘केपी ओलीको कब्जामा रहेको एमालेको भविष्य छैन। भविष्य एकीकृत समाजवादीमा नै रहेको छ,’ उनले भने, ‘यसलाई सशक्त बनाउन अझै केही नयाँ–नयाँ पार्टीहरुसँग कुराकानी चलिरहेको छ।’

उनले समाजवादी पार्टीलाई टोलटोल र गाउँगाउँमा पुर्‍याउन नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार