Logo
२३ जेष्ठ २०८३, शनिबार
|  Sat Jun 6 2026

‘नेपाली ब्रो’लाई कारबाही गर्न पूर्वगृहमन्त्री सुधन गुरुङको माग


काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले श्रीमती हत्याको आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने ४२ वर्षीय कुमार थापासहिलाई अनुसन्धान गरी कडा कारबाही गर्न माग गरेका छन् ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा थापाले श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेको आरोप छ ।भुजेल नेपाली सेनामा कार्यरत थिइन् । उक्त विषयमा बालाजु प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ ।

यसैबीच शनिबार दिउँसो गुरुङ प्रहरी कार्यालय नै पुगेका छन् । उनले प्रहरीले सत्यतथ्य छानबिन गर्नका लागि आग्रह पनि गरे । गुरुङले मृतक भुजेलकी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिएका थिए ।

मृतक भुजेल गोरखा निवासी हुन् । गुरुङ पनि गोरखाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । पक्राउ परेका थापाले आफूलाई प्रो रेस्लर भनेर चिनाउने गरेका थिए । विवादमा क्रममा थापाले भुजेललाई फलामको रड प्रहार गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार