Logo
११ श्रावण २०८३, सोमबार
|  Mon Jul 27 2026

सौरभ र आर्यनालाई ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६’ को उपाधि


काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ एसईई सुपर मोडल विजेता बन्न सफल भएका छन् । एभरेष्ट इभेन्ट्सको आयोजनामा भएको “मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६ भोल्युम ५” मा सौरभ विजेता बन्न सफल भएका हुन् ।

भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनको सहभागीतामा एसईई उत्तीर्ण गरेका प्रतिभाशाली युवायुवतीहरूलाई आफ्नो क्षमता, व्यक्तित्व र नेतृत्व गुण प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा छात्रतर्फ सौरभ विजेता हुँदा छात्रातर्फको उपाधि आर्याना सिंहले जितेकी छिन् ।

दुवैले आफ्नो व्यक्तित्व, आकर्षक प्रस्तुति, लगनशीलता तथा प्रतिस्पर्धात्मक क्षमताका माध्यमबाट निर्णायक मण्डलको मन जित्दै प्रतियोगिताको सर्वोच्च सम्मान प्राप्त गरे। यसैगरी प्रिन्स चौधरी र आकृति राईले फेस अफ एसईई सुपर मोडल २०२६को उपाधि हासिल गरे।

प्रतिस्पर्धी र हासिल गरेको उपाधिः

मिस्टर प्रिन्स चौधरी (फेस अफ एसईई सुपर मोडल २०२६)
मिस आकृति राई (फेस अफ एसईई सुपर मोडल २०२६)
जोयल महर्जन (फस्ट रनर अप)
युइशा बस्नेत (फस्ट रनर अप)
सावोलिन श्रेष्ठ (सेकेन्ड रनर अप)
कृतिष्मा लामा (सेकेन्ड रनर अप)
आरव श्रेष्ठ (थर्ड रनर अप)
सुम्निमा बजगाई (थर्ड रनर अप)
अन्सान अधिकारी (फोर्थ रनर अप)
युनिशा शाक्य (फोर्थ रनर अप)
विवेक भुसाल (ब्राण्ड एम्बेसडर)
जेलिशा श्रेष्ठ (ब्राण्ड एम्बेसडर)
साइस रौनियार (आयोजकको छनोट)
जेत्सुन डोल्मा मोक्तान (आयोजकको रोजाइ)
सदीक्षा तामाङ (बिटी विथ ब्रेन)
सुशान्त तामाङ (भ्यालेन्टिनो ब्रान्ड: एम्बेसडर)
हिमानी लामाइछाने (भ्यालेन्टिनो ब्रान्ड एम्बेसडर)
साधवी प्रसाईं (पब्लिक च्वाइस अवार्ड)
आयुश्री कार्की (भ्युज च्वाइस)
अविनाश तामाङ (भ्युज च्वाइस रनर अप)
अरिका थापा सर्वाधिक लोकप्रिय (रनर अप)
प्रिन्स पाण्डे सर्वाधिक लोकप्रिय (रनर अप)

आयोजकका अनुसार विजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै दुवै विजेताले स्मार्ट फोन पाउने छन् । साथै विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

प्रत्येक सहभागीले+२ मा विज्ञान, व्यवस्थापन, मानविकी र २० विभिन्न कलेजहरूमा एक तहको छात्रवृत्ति प्राप्त गर्नेछन् । विजेता दुवैका लागि एभरेस्ट फिल्म एकेडेमीमा रु १ लाख बराबरको छात्रवृत्ति रहेको छ ।

त्यस्तै आशिका एकेडेमीद्वारा व्यावसायिक मेकअप कोर्स, नेपाल एयरस्टेस एकेडेमीमा छात्रवृत्ति, फलफूल रत्नहरूद्वारा उपहार ह्याम्परहरू, ओप्स नेपालद्वारा उपहार ह्याम्परहरू, सीजीजी स्पोर्ट्स हबबाट बक्सिङ र मुए थाई फिटनेस प्याकेज, विज्ञापन, पत्रिका र समाचारपत्रहरूमा चित्रित हुने अवसर, संगीत भिडियो, छोटो चलचित्र उत्पादन शूट र अन्य धेरै अवसरहरू रहेको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार