काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना सुनाए ।
प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे सभामुखले आत्मालोचना गरी माफी माग्नुपर्ने माग राखेर सदन अवरोध गर्दै आइरहेका छन् ।
सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठेका थिए । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले प्रधामन्त्री बालेन साहले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताए ।
प्रधानमन्त्रीले सदनमा बोल्ने क्रममा नेपालले भारतको भूमि मिचेको बताएपछि विपक्षीले त्यसको जवाफ खोजिरहेका छन् । उनीहरुले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।





