Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

‘प्रधानमन्त्री नै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्नु लाग्नुभयो’:निश्कल राई


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री नेपालले भारतको जग्गा अतिक्रमण गरेको भन्दै प्रमाणित गर्न लागेको आरोप लगाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल प्रधानमन्त्री ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न लागि परेको आरोप लगाएका हुन् ।

काठमाडौँमा महानगरको मेयर छँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राख्ने प्रधानमन्त्री अहिले किन देशको हितविपरीत बोलिरहेको भन्दै प्रश्न गरे । उनले भने, ‘प्रधानमन्त्री वालेन्द्र साह आज किन र कसको स्वार्थमा हाम्रो स्वाभिमानमाथि धावा बोल्दै हुनुहुन्छ? प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नो ज्यान आहुती दिएर नेपालको सीमालाई पूर्वमा चिवाभञ्ज्याङदेखि पश्चिममा लिम्पियाधुरा पुर्याउने अमर शहीदहरूको आत्मसम्मान कति गिरेको होला?’

राईले यो तहको राष्ट्रघात गर्न प्रधानमन्त्री र उहाँका समर्थकहरुलाई किन मन लागेको भन्दै प्रश्न गरे । उनले भने, ‘प्रधानमन्त्रीज्यू नेपालले भारतको जग्गा अतिक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ । सामाजिक सञ्जालमा उहाँको शुभचिन्तकहरुले पनि नभएका प्रमाणहरु सिर्जना गर्दै ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ भनेर प्रमाणित गर्न लागि परेका छन् । यो तहको राष्ट्रघात गर्न उहाँहरुलाई किन मन लागेको हो ? राष्ट्रको बेइज्जत गर्दा आनन्द र खुसी हुने कस्तो मानसिकता निर्माण गर्दै छौं हामी ?’

उनले राष्ट्रको अस्मितामाथि धावा बोल्दा सदनको अभिभावकको हैसियतमा सभामुखले अभिव्यक्ति हटाउन निर्देशन दिनुपर्नेमा मौन बसेको भन्दै असन्तुष्टि जनाए ।


प्रतिक्रिया दिनुहोस !
विचार