गोरखा । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरु सम्पत्ति छानबिनका लागि तयार रहेको र सरकारमा रहेकाहरूले पनि आफ्नो सम्पत्तिको स्रोत देखाउनुपर्ने बताएका छन् ।
मंगलबार गोरखामा आयोजित कार्यक्रममा सभपाति थापाले आफूहरु सम्पत्ति छानबिनका लागि तयार रहेको र सरकारमा रहेकाहरुले पनि सम्पत्तिको श्रोत देखाउन हिम्मत गर्नुपर्ने बताएका हुन् ।
उनले पूर्वगृहमन्त्री सुदन गुरुङमाथि सरकारले गरेको छानबिनप्रति आशंका व्यक्त गरे । उनले रास्वपाको सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताए । सभापति थापाले राम्रो काममा सहयोग र गलत गर्दा प्रश्न गर्ने कांग्रेसको जिम्मेवारी रहेको बताए ।




