Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

तीन वर्ष मात्र मन्त्री पदमा रहने महावीर पुनको घोषणा


काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबार पुगेर जिम्मेवारी सम्हालेका हुन्।

जिम्मेवारी सम्हालेपछि उनले आफू दिनरात नभनी काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘यो विज्ञान प्रविधिको विकासको लागि ढिलो–ढिलो हिँडेर ठाउँमा पुगिँदैन। एकदम द्रुत गतिमा रात–दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ पनि।’

उनले सरकारको कार्यकाल ५ बर्ष भएपनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने बताए। उनले थपे, ‘मैले अब जे जति गर्न सकिन्छ, सकेसम्म रात–दिन काम गर्छु। यो सरकार ५ वर्षको हो। म बढीमा ३ वर्ष बस्ने यहाँ घोषणा गर्छु।’


प्रतिक्रिया दिनुहोस !
विचार