Logo
२७ जेष्ठ २०८३, बुधबार
|  Wed Jun 10 2026

‘एउटाले गल्ती गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’ :हर्क साम्पाङ


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री शिशिर खनाल बोल्ने कुरामा आफूहरूको असहमति रहेको बताए ।

यही विषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने गरी संसद्को अवरोध खोल्न अन्य विपक्षी दलहरू तयार भएको भन्दै उनले आफूहरूको असहमति रहेको बताएका हुन् । उनले प्रधानमन्त्रीको भनाइ अरुले सच्याउने कुरा मान्य नहुने बताए ।

उनले प्रधानमन्त्री नआए हस्ताक्षर गरी पठाएको लिखित पत्र परराष्ट्रमन्त्रीले पढ्दा हुने बताए । उनले भने, ‘एउटाले गल्ती गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन ।’ यही जेठ १७ गते प्रधानमन्त्री बालेन साहले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिनेक्रममा नेपालले भारतको भूमि मिचेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार