काठमाडौँ । प्रधानमन्त्री बालेन साहकातर्फबाट प्रतिनिधिसभामा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीकातर्फबाट जवाफ दिएका हुन् ।
बैठकमा परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले जेठ १७ गतेको संसदमा दशगजा क्षेत्रको विषय उल्लेख गरेको बताए । प्रधानमन्त्रीले बैठकमा नेपालले भारतको भूमि मिचेको बताएका थिए । त्यसपछि विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध गर्दै आएका थिए ।
त्यस्तै परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले नेपाल भारत सीमा समस्या समाधानमा बेलायतको साथ नखोजेको बताए । उनले प्रधानमन्त्रीले बेलायतसँग ऐतिहासिक दस्ताबेज हुनसक्ने भन्दै त्यसलाई हेर्न खोजेको मात्र बताए ।





