Logo
२८ जेष्ठ २०८३, बिहीबार
|  Fri Jun 12 2026

‘कर छलीमा अर्थमन्त्रीले झुट बोले,संसदीय छानबिन माग रहरका लागि होइन’:ज्ञानेन्द्र शाही


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करको दर हेरफेरको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शाहीले करको विषयमा आफूहरुले संसदीय छानबिन समितिको माग गरेको रहरका लागि नभएको बताए ।शाहीले सरकार र अर्थमन्त्रीलाई काम गर्न दिनु हुँदैन भन्ने मान्यतामा आफूहरु नरहेको बताए ।

उनले करका दर हेरफेरका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । उनले महालेखा परीक्षकको रिपोर्टको १५२ नम्बर पेजमा इभी गाडीहरुमा त्यसका क्षमतालाई तलमाथि गरेर मात्रै तातोपानी, कोरला र रसुवागढीबाट मात्रै दुई अर्ब ५० करोड ८३ लाख १६ हजार अघिल्लो सरकारले छुट दिएको र त्यसको छानबिन गर्न भनेको बताए ।

उनले जेठ १ गतेदेखि १४ गतेसम्म ३ हजार सवारीसाधन नेपाल भित्रिएको देखिने बताए । उनले गाडी २१ गते आएको तर भन्सार पास भने १४ गते नै भएको स्पष्ट देखिएको भन्दै भने, ‘करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ?’


प्रतिक्रिया दिनुहोस !
विचार