Logo
२९ जेष्ठ २०८३, शुक्रबार
|  Sat Jun 13 2026

अर्थमन्त्रीले धाकधम्की दिएको छ,संसदीय छानबिन हुनुपर्छः वर्षमान पुन


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद एवं पूर्वअर्थमन्त्री वर्षमा पुनले अर्थमन्त्रीले संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन् ।

उनले पुराना दलले ६७ वटा हेरफेर गरेकोमा आफूले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै आपत्ति जनाए ।उनले अर्थमन्त्रीले सात वटा करका दर परिवर्तन गरेको भन्ने आफैंले स्वीकारेकाले अब यसको निष्पक्ष छानबिन हुनुपर्ने बताए । पुनले अर्थमन्त्रीलाई आफ्नो दलले बजेटको विषयमा शंकाको लाभ दिए पनि वाग्लेले आर्थिक अपराध गरेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !
विचार