काभ्रे । काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बनेपाबाट रोशी–८ खार्पाचोकतर्फ गइरहेको बस बिपी राजमार्गको बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
बा३ ख ८३९८ नम्बरको बस दुर्घटनाग्रस्त भएको र। हालसम्म सात जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।





