काठमाडौँ । नेकपा माओवादीले सुस्तामा भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । शनिबार माइतीघर मण्डलामा नेकपा माओवादीले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘भारतीय साम्राज्यवाद मुर्दावाद’, ‘देशद्रोही बालेन सरकार मुर्दावाद’ तथा ‘राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गरौं’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।
प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन् । शुक्रबार नवलपरासीको सुस्तामा प्रवेश गरेको एसएसबीको टोलीलाई स्थानीयले प्रतिकार गर्दै लखेटेका थिए ।





