Logo
३१ जेष्ठ २०८३, आईतवार
|  Mon Jun 15 2026

‘कांग्रेस टुक्रिएको छ,अदालतले टुक्रा बनायो,अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ’:शशांक कोइराला


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकको हितका लागि पार्टी एक हुनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै कोइरालाले राष्ट्रको लागि पनि कांग्रेसमा एकताको जरुरी रहेको बताएका हुन् ।

उनले व्यावहारिकरूपमा पार्टी फुटिसकेको भएपनि इतिहास र हालसम्मका संस्थागत उपलब्धिलाई जोगाउनका लागि कांग्रेसमा एकता जरुरी रहेको बताए ।

उनले वर्तमान सभापति गगन थापाले यति धेरै पुराना र अनुभवी नेताहरू बाहिर राखेर पार्टी चलाउन नसक्ने बताए । उनले एक्लै पार्टी चलाउन सम्भव नहुने भन्दै सबैलाई समेटेर अघि बढ्न आग्रह गरे । कोइरालाले पार्टीको भविष्यलाई उज्वल बनाउन र मुलुकलाई सही दिशा दिनका लागि विगतका तिक्तता त्यागेर पार्टी एकताको वातावरण सृजना गर्न आह्वान गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार