Logo
१२ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 29 2026

पूर्वराजालाई चुनाव लड्न चुनौति दिएका देउवालाई कमल थापाले फर्काए यस्तो जवाफ


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाविरुद्ध आक्रोश व्यक्त गर्नुभन्दा सुशासन दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन्। थापाले न्यायालय हड्तालमा रहेको, संसद् अवरुद्ध रहेको अवस्थामा राजालाई चुनौती दिनुभन्दा सुशासन दिन चुनौती दिएका हुन्।

ट्वीटरमा उनले भनेका छन् – राजाविरुद्ध आक्रोश होइन, सुशासन दिनुहोस्। न्यायालय हड्तालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार र सर्वसत्तावादमा लिप्त छ, धर्म परिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।

बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले शासन गर्नका लागि चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई चुनौती दिएका थिए। देउवाले प्रजातन्त्रविरुद्ध नलाग्न शाहलाई चेतावनी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार