Logo
१ असार २०८३, सोमबार
|  Tue Jun 16 2026

गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः बहाली गरिनु आपत्तिजनक :सांसद परियार


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री पदमा बहाली गर्ने कुरा आपत्तिजनक रहेको टिप्पणी गरेका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सम्पत्ति छानविन आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी राजनीतिक सेटिङको आधारमा उनलाई फेरि गृहमन्त्री नियुक्त गरिएको भन्दै कडा आक्रोश व्यक्त गरेका हुन्।

सचेतक परियारले गृहमन्त्री गुरुङको सम्पत्ति छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नका लागि सरकारलाई सचेत गराए। यसका साथै सांसद परियारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार