बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेको पाण्डेले थप दुई सदस्यीय मन्त्री थप्न लागेका हुन्। मुख्यमन्त्री पाण्डेले माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाउन लागेका हुन्।
स्रोतका अनुसार जम्मकट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र लामा स्वास्थ्य मन्त्री बन्दैछन्। उनीहरुको दिउँसो ५ बजेका लागि सपथ ग्रहणको तयारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरिसकेको छ।
पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका थिए ।





