Logo
४ असार २०८३, बिहीबार
|  Fri Jun 19 2026

अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?


काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्न माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्रीले कसरी सफाइ पाए भन्ने जानकारी गराउन माग गरे।उनले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई दबाब दिएर पक्राउ पुर्जी जारी गराउन खोजिएको भनिएको विषय बाहिर आएको विषयमा पनि सत्यतथ्य छानबिन गर्न माग गरे। आरोपबारे प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर सदनलाई जानकारी गराउन माग गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार