Logo
४ असार २०८३, बिहीबार
|  Fri Jun 19 2026

अपराध नियन्त्रणका लागि सरकार निर्मम हुने गृहमन्त्री गुरुङको चेतावनी


काठमाडौँ, ४ असारः सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै गृहमन्त्री सुधन गुरुङ। तस्बिर गोपाल दाहाल/रासस

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले अपराध नियन्त्रणका लागि सरकार निर्मम हुने चेतावनी दिएका छन् । बिहीबार विपद् व्यवस्थापन समिति बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री गुरुङले गलत गर्ने कसैलाई नछाड्ने चेतावनी दिएका हुन् ।

उनले यस विषयमा बुधबार सुरक्षा निकायका अधिकारीहरुसँग छलफल भएको जानकारी दिए । उनले नागरिकको सुरक्षा र सेवामा कुनै कमी हुन नदिने बताए । उनले भने, ‘यस विषयमा हिजो मात्रै डीआईजीहरुसँग छलफल भएको छ । यसमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ । गलत गर्ने आफ्नो पार्टी वा अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ ।’

गृहमन्त्री गुरुङले सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी गर्दै अब कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा हुने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार