Logo
५ असार २०८३, शुक्रबार
|  Fri Jun 19 2026

विरोधकाबीच सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत


काठमाडौं । प्रधानमन्त्री बालेन नेतृत्वकोको सरकारले प्रतिपक्ष दलहरुको विरोधकाबिच प्रतिनिधिसभा बैठकबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरेको छ ।

शुक्रबार सरकारले सो सभामार्फत अध्यादेश पारित गरेको हो । सो अध्यादेशबारे चर्को आलोचना भएको थियो । नेपाली कांग्रेसका सांसद् खड्कबहादुर बुढाले राखेको अध्यादेश अस्वीकार गर्ने प्रस्ताव राखेका थिए । कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त अध्यादेश स्वीकृत भएसँगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।

संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेश भएको थियो । तर सरकारले विधेयक ल्याउनुपर्नेमा अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार