Logo
६ असार २०८३, शनिबार
|  Sun Jun 21 2026

लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै कम्प्रोमाइज हुन्न: रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्रमा सम्झौता नहुने बताएका छन् ।

चितवनको भरतपुरमा पार्टीको पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार आयोजित केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रको प्रतिबद्धताबाट विमुख नहुने बताएका हुन् ।

उनले आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्वपूर्ण कुरा रहेको बताए । उनले ती मूल्यमान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने बताए । उनले हिजोको त्याग र बलिदानको उचाइको काँधमा बस्न पाएकाले आफूले फराकिलो दृश्य देख्न पाएको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार