Logo
६ असार २०८३, शनिबार
|  Sun Jun 21 2026

कम्युनिस्टहरू निराश नभई आशावादी भएर अगाडि बढ्नुपर्छ:माधव नेपाल


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् ।

शनिबार नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही मानिसले सबै कुरा बिग्रिएको भन्दै निराशाको प्रचार गरिरहेको उल्लेख गरे । वास्तविक जटिलतालाई बेवास्ता गरेर केवल सकारात्मक पक्ष मात्रै हेर्ने प्रवृत्ति पनि रहेको उनको भनाइ थियो ।

उनले आफूहरू द्वन्द्ववादी दृष्टिकोणमा विश्वास गर्ने भएकाले जटिलता र सम्भावना, निराशा र आशा दुवैलाई सँगसँगै विश्लेषण गर्ने बताए । निराशा चिर्नका लागि त्यसका कारण पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले रोगको पहिचान नगरी उचित उपचार सम्भव नहुने उल्लेख गरे । वास्तविक अवस्था पहिला बुझ्न आवश्यक रहेको उनको भनाइ थियो ।

यसैगरी उनले कम्युनिस्टहरू निराश नभई आशावादी भएर अगाडि बढ्नुपर्ने बताए । उनले कम्युनिस्ट आन्दोलन नेपालमा विभिन्न उथलपुथल र राजनीतिक उतारचढावका बीचबाट अघि बढेको उल्लेख गरे ।

विभिन्न राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दै प्रतिगामी शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचना गर्ने काममा कम्युनिस्टहरूको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । उनले अब पार्टीभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार