काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा पार्टीको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका हुन् ।
उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए । सभापति लामिछानेले सरकार चलाउनेबारे प्रधानमन्त्रीसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताए ।
उनले सरकार चलाउने जिम्मा बालेनकै भएको बताए । उनले रास्वपालाई लडाउने तागत अरुसँग नभएको बताए ।





